आजको मौसम : कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने

Advertisement

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

अहिले कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ । 

त्यस्तै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement