नेपालमा जिकर गाडी वितरणका लागि पायोनियर मोटो कर्पसँग सम्झौता

Advertisement

काठमाडौँ । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता हस्ताक्षर गरेको छ । 

यो हस्ताक्षर समारोह चीनको हाङजोउमा ५ भदौ मा सम्पन्न भएको हो । हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए । नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।

Advertisement

undefined

सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर, दुवै कम्पनीहरूको प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए । साथै दुई कम्पनिबिच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो ।

अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप  ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो । यस वितरण सम्झौता नेपाली अटोमोबाइल क्षेत्रमा एक महत्वपूर्ण र उल्लेखनीय कदम रहेको छ । यस सहकार्यसँगै नेपाली इभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्नेछन् ।

पायोनियर मोटोकर्पले नाडा अटो सो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयुभि–जिकर एक्स सार्वजनिक गर्ने जनाएको छ । नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयुभि हो । 

Advertisement

Advertisement