चिनियाँ ब्राण्ड जोइलोङ्ग तथा एसआरएम गाडी नेपाली बजारमा​

Advertisement

काठमाडौं । भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी  प्रख्यात चिनियाँ विधुत्तीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ । 

काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा गर्ने कुरामा कम्पनी विस्वस्त रहेको जनाएको छ । 

Advertisement

जोइलोङ्ग तथा एसआरएम मित्र राष्ट्र चीनको सबै भन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा चिनिन्छ ।  हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लर उद्योग बाट उत्पादन भएका हुँदा, कालान्तरमा उपभोक्ताले विक्री पश्चातको सर्भिस तथा पार्टपुर्जा उपलब्धतामा दुःख  पाउने सम्भावना अत्यधिक रहेको छ ।  यस सम्भावनालाई मध्यनजर गरी भिजि मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्व स्तरिय गुणस्तरमा आफैंले गाडी उत्पादन गर्ने कम्पनीहरु जोइलोङ्ग तथा एसआरएमका गाडीहरु नेपालमा भित्रयाएको हो ।  यसले गर्दा कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्षसम्म यी कम्पनीहरुले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्छ । 

जोइलोङ्ग कम्पनीका ठूला १५–१७–२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक ज्याङ्गले भने, ‘जोइलोङ्गका ठूला माइक्रो बसहरु वर्षौं देखि अध्ययन र अनुसन्धान तथा परीक्षण गरी जस्तोसुकै बाटोमा चलाउन सकिने गरि डिजाइन गरिएको छ । हाल जोइलोङ्गका गाडीहरु विकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, सिंगापुर, मलेसिया जस्ता देशहरु मा अत्याधिक रुचाइएका हुन् । बजारमा उपलब्ध अन्य गाडीहरु भन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठुलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेको छ ।’  

उक्त पत्रकार सम्मेलनमा भिजि मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएम बाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरि ५ वटा विभिन्न प्रकारका गाडीहरु पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरुमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान  तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । 

कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले भने, ‘साना कमर्सियल र विधुतिय कमर्सियल गाडीहरु सबै बाहिर बाट हेर्दा उस्तै देखेता पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरु सबै भन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएस जस्ता सुरक्षाका उपकरणहरु जडान गरेर पठाउने गरेको छ ।’

त्यस्तै भिजि मोटर्सका सीइओ विवेक बिजुक्छेले भने, ‘कमर्सियल इलेक्ट्रिक गाडीहरुको बजारको कुरा गर्ने हो भने, हाल नेपालले विश्वका सबै देशहरुलाई पछाडी पारेको छ ।  यो ट्रेन्डलाई अगाडि बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनु पर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु  भन्दा निजि क्षेत्रले आफैले चार्जिंङ्ग स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा, भिजि मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंङ्ग स्टेसन र नेपाल अधिराज्य भरि १८ वटा इलेक्ट्रिक गाडीहरुको सर्भिस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।’

जोइलोङ्गका कुन मोडलको मूल्य कति ?   
जोइलोङ्ग इए ४ ,१५ सिटर (रु. ६४ लाख, ८६ किलो वाट/आवर)
जोइलोङ्ग इए ५, १७ सिटर (रु. ६० लाख, ६० किलो वाट/आवर )
जोइलोङ्ग इए ६, २० सिटर (रु. ७६ लाख, किलो वाट/आवर)

एसआरएमका कुन मोडलका मूल्य कति ?   
एसआरएम टी –३ पिकअप (रु. ३६ लाख, ४२ किलो वाट/आवर )
एसआरएम २ सिटर कार्गो  (रु. ३८ लाख, ४२ किलो वाट/आवर )
एसआरएम ५ सिटर कार्गो (रु. ४० लाख, ४२ किलो वाट/आवर )
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ किलो वाट/आवर )
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ किलो वाट/आवर ) 
 

Advertisement

Advertisement