एशियाली सुरक्षण संस्थाहरुको ३६औँ अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा शुरु, नवप्रवर्तनमा जोड

Advertisement

काठमाडौं । एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६ औँ अन्तराष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार साँझ अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।  

कार्यक्रममा पौडेलले अर्थतन्त्रको विकास र विस्तारको लागि कर्जा प्रवाह हुन आवश्यक रहेकोे बताए । उनले निक्षप तथा कर्जा सुरक्षण कोषको कारण नवप्रवर्तन र स्टार्टअप कर्जालाई सहज भएको बताए । 

Advertisement

पौडेलले भने, ‘नवप्रवर्तन र स्टार्टअप कर्जाको प्रवद्र्धनको लागि निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूर्ण भूमिका खेलेको छ ।’ सर्वसाधरणको निक्षेपको सुरक्षणको लागि कोषले प्रभावकारी भूमिका खेलेको उनको भनाई छ । 

मन्त्री पौडेलले अन्वेषणमार्फत नवप्रवर्तनमा जोड दिने उद्देश्यका साथ सम्मेलनको आयोजना भएको भन्दै खुशी व्यक्त गरे । उनले अन्तरनिकाय सूचना आदान प्रदान गर्न एवम् साना व्यवसायीलाई वित्तीय पहूँच पुर्याउन कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । 

पौडेलले भने, ‘बचतकर्ताको मनोबल बढाउन सुरक्षण बिना सम्भव हुँदैन । कर्जा सुरक्षण कोषले पर्याप्त धितो राख्न नसक्नेलाई पनि कर्जा लिन प्रोत्साहन गरिरहेको छ । यसले अर्थतन्त्रलाई सहज बनाउन भूमिका खेलेको छ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवस्यक भएको बताए । 

उनले निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने बताए । साथै, पछिल्लो समय कोषको क्षमता बढ्दै गएको अधिकारीले बताए । उनले एसियाली मुलुकका साना नवप्रवर्तनकारी सस्थाहरुका लागि इनोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्व निकै उच्च रहेको बताए । 

अधिकारीले निजी क्षेत्रको कर्जा प्रवाहमा सहजीकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले ठूलो सहयोग पुगेको बताए । पछिल्लो वित्तीय संकटहरुका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई यहाँको निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पुर्याएको उनले बताए । 

गभर्नर अधिकारीले नेपालमा केन्द्रीय बैंकले लामो समयदेखि लघुवित्त कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाएको र यसले सामाजिक न्याय तथा वित्तीय पहूँच विस्तार गर्न उल्लेख्य सहयोग पुगेको स्मरण गरे । उक्त कार्यक्रमको प्रभावकारीतामा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिकाको उनले प्रशंसा गरे । 

अधिकारीले भने, ‘पछिल्लो समय कोषको क्षमता बढ्दै गएको छ” उनले भने, “आगामी दिनमा कोषको क्षमता अझै बढ्दै जान्छ भन्ने मलाई विश्वास छ ।’ 

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषले हालसम्म १४ खर्ब ३० अर्ब रुपियाँ बराबरको निक्षेप र २ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेको जानकारी दिए । उनले सम्मेलनले नवप्रवर्तनमा जोड दिएको बताए । घिमिरेले भने, ‘आफ्नो नायाँ सोचलाई पनि धितोमा राखेर कर्जा प्रवाह गर्नसकिन्छ भन्ने सन्देश यो सम्मेलनमार्फत दिनेछौं ।’

कोषको निक्षेप सुरक्षण विभाग प्रमुख विक्रान्त आचार्यले सम्मेलनमा आर्थिक वृद्धिलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेका छलफलफल गर्ने बताए । सम्मेलनमा २० वटा एसियाली मुलुक तथा संस्थाबाट करीब १४० जना सहभागी भएको जनाइएको छ । सम्मेलनको औपचारिक शत्रहरु श्निबारबाट सुरु हुनेछ । चार दिनसम्म चल्ने उक्त सम्मेलन आगामी सोमबार सकिने छ । 

undefined

Advertisement

Advertisement