कुमारी क्यापिटलद्वारा १५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । कुमारी क्यापिटलले १५ प्रतिशत लाभांश वितरणको प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । 

क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १५ प्रतिशतका दरले ६ करोड रुपियाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

सोही प्रस्ताव पारित गर्न असोज ३ गते कुमारी बैंक टंगालमा साँझ ५ बजेदेखि सभा बस्नेछ । 

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्ने एजेन्डा छ । 

साथै सभाले स्वतन्त्र सञ्चालक सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।

Advertisement