शेयर बजारमा झिनो सुधार, पौने १४ अर्बमा समेटियो कारोबार*

Advertisement

काठमाडौं । यो साता दुई दिन उच्च अंकले घटेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । आइतबार र मंगलबार गरी करिब २ सय अंक तल झरेको बजार आज भने ३.८० अंक उचालिएको हो ।  

आज नेप्से उचालिए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ०.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८६.४० अंकमा पुगेको छ । 

आज ३२६ कम्पनीका ३ करोड ५० लाख ७ हजार ३९ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३.६४ रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार बजार ७९.८८ अंकले घट्दा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपियाँ र हिजो मंगलबार १११.९६ अंकले बजार घट्दा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १ सय ७०.३५ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार श्रीकृष्णजन्माष्टमीको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।  

Advertisement

Advertisement