मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

Advertisement

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

यो शेयर जोकोही व्यक्ति, संघसंस्था वा कम्पनीले किन्न पाउनेछन् ।

Advertisement

बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

Advertisement