यती एअरलाइन्सको यात्रुको संख्यामा उल्लेख्य वृद्धि, थप सुविधा र आक्रामक बजार विस्तार गर्दै

Advertisement

काठमाडौं । यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरूको संख्यामा उल्लेख्यनीय वृद्धि भएको छ । सात महिनामाको यात्रुको तुलना गर्दा एक लाख १२ हजार ४६ जनाले वृद्धि संख्या वृद्धि भएको हो । 

सन् २०२३ को जनवरीदेखि जुलाईको तुलनामा यस बर्षको सोही अवधिमा उक्त संस्थामा यात्रुको संख्या बढेको कम्पनीको भनाई छ । यसमा एक हजार ५५ विदेशी यात्रु पनि बढेका छन् । पोखरा सेक्टरमा सबैभन्दा धेरै यात्रुहरूले उडान गरेको यती एअरलाइन्सले जनाएको छ । 

Advertisement

एशियन लाइफ इन्स्योरेन्स कम्पनीलाई साझेदारको रूपमा भित्र्याएसँगै गत माघमा २ वटा एटिआर–७२ जहाज थपेको यतीका प्रमुख व्यापार अधिकृत भन्छन्, ‘जहाज थपेसँगै हामीले उडान सेवालाई थप सुरक्षित बनाउँदै सबै गन्तव्यहरूमा उडान संख्या पनि बढाएका हौं । उल्लेख्य संख्यामा यात्रुहरूको वृद्धिले हामी निकै उत्साहित भएका छौं । अब थप आक्रामक ढंगले बजार विस्तार गर्ने योजनामा छौं ।’ 

हवाई यात्रा सुरक्षित बनाउनुका साथसाथै यात्रालाई आरामदायी बनाउने उद्देश्यले गत जुन महिनादेखि यात्रुहरूलाई फ्लाइटमा चकलेट, पिनट्स र जुस पनि प्रदान गरिरहेको बताउँदै उनले यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताए । 

हाल यती एअरलाइन्सका ७ वटा एटिआर जहाजहरू रहेका छन् । यतीले भद्रपुर, विराटनगार, सिमरा, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज लगायतका गन्तव्यहरूमा उडान गर्नुका साथै पर्वतीय उडान (माउन्टेन फ्लाइट) सेवा सञ्चालन गर्दै आइरहेको छ र हाल दशैंका लागि सबै गन्तवव्यहरुको लागि बुकिङ पनि खुल्ला गरिसकेको यती एअरलाइन्सले जनाएको छ ।

Advertisement