काठमाडौं । संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानिज्मन्ट (नाथम) र नेपाल माउन्टेन एकेडेमी (एनएमए) लाई मर्ज नगरिने बताएका छन् ।
आज काठमाडौंमा नेपाल पर्वतीय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अरु विश्वविद्यालयहरुसँग, शैक्षिक संस्थाहरुसँग पनि सम्पर्क गर्ने र हाम्रो पर्वतीय प्रतिष्ठानलाई पर्वतीय अध्ययनको एउटा केन्द्रबिन्दु बनाएर संसार भरका विद्यार्थीहरुलाई पर्वतीय अध्ययनमा सामेल गराउनु पर्छ ।’
सोही अवसरमा उनले हिमालबारे अनुसन्धानमूलक जर्नल भ्वाइस अफ हिमालको विमोचन गरे ।