सानिमा रिलायन्सको बोनसदर सार्वजनिक, अधिकतम कतिसम्म पाइन्छ ?

Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९/८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको बोनस दरअनुसार बिमितले अधिकतम ७५ रुपियाँसम्म बिमितले बोनस पाउने भएका छन् ।

कम्पनीले आव २०७९/८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त गरेको थियो । स्वीकृत बोनसदर अनुसार सावधिक जीवन बीमामा न्यूनतम ३५ रुपियाँदेखि अधिकतम ७० रुपियाँ प्रतिवर्ष प्रति हजारका दरले बिमितले बोनस पाउनेछन् ।

Advertisement

त्यस्तै, सावधिक जीवन बीमा एकल बीमापोलिसीमा न्यूनतम ३५ रुपियाँदेखि ६५ रुपियाँसम्म बोनस पाउनेछन् । त्रिपल सावधिक जीवन बीमा पोलिसीमा न्यूनतम २० रुपियाँदेखि अधिकतम् ३० रुपियाँसम्म बोनस पाउनेछन् ।

दम्पती सावधिक बीमा योजनामा न्यूनतम २० रुपियाँ देखि अधिकतम ३० रुपियाँ प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् ।

त्यस्तै, सावधिक तथा आजीवन बीमा पोलिसी दीर्घायु र धनसञ्चय पोलिसीमा न्यूनतम ३५ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउनेछन् ।

अग्रिम भुक्तानीमा ३२ रुपियाँदेखि ४२ रुपियाँसम्म बोनस पाउनेछन् भने वार्षिक अग्रिम भुक्तानीमा १९ रुपियाँदेखि २१ रुपियाँसम्म बोनस पाउनेछन् । वार्षिक मनिब्याक फिक्स डिपोजिटमा २४ रुपियाँ र सोही पोलिसीको एकल बीमा शुल्कमा ५४ रुपियाँ बोनस निर्धारण गरिएको छ ।

सावधिक तथा आजिवन बीमामा ३० रुपियाँदेखि ६० रुपियाँ, सावधिक बीमामा ३० रुपियाँदेखि ७५ रुपियाँसम्म बोनस पाइनेछ । साथै सीमित भुक्तानी सावधिक बीमा पोलिसीमा ४० रुपियाँदेखि ६५ रुपियाँ बोनस निर्धारण गरिएको छ ।

undefined

Advertisement