काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव दिनेश बर्तौलाले जनाएका छन् ।
उक्त लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी साधारण सभबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।