उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत फिर्ता हुने, के-केमा पाइन्छ यो सुविधा ?

Advertisement

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) भुक्तानीको १० प्रतिशत फिर्ता नीति कार्यान्वयनमा आएको छ ।

आन्तरिक राजस्व विभागको भदौ २१ गतेको निर्णयानुसार विभिन्न सेवा खरिदमा उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा निजलाई नगद प्रोत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता हुनेछ । 

Advertisement

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत डिजिटल भुक्तानी गर्नेले भ्याटमा १० प्रतिशत छुट पाउने व्यवस्था गरेको थियो ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ ख) मा उल्लेख भएको ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुनबमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोहत्साहनस्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागको प्रक्रियाबमोजिम निजको बैंक खाता फिर्ता गरिनेछ’ भनी व्यवस्था भएबमोजि सो निर्णय गरिएको विभागको भनाइ छ ।

मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट) र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा १० प्रतिशत कर फिर्ता हुने विभागले जनाएको छ । 

त्यस्तै, विभागले उक्त व्यवस्था कार्यान्वयनमा सहभागी हुन आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई अनुरोधसमेत गरेको छ । 

undefined

Advertisement

Advertisement