सुजुकीको दसैंतिहार अफर, मोटरसाइकल खरिदमा ७ हजारदेखि ५ लाख रुपियाँसम्म पाइने

Advertisement

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले दसैंतिहार विशेष ‘दसैं आयो क्यास पायो’ स्कीम ल्याएको छ ।

कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकलाई न्यूनतम ७ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म उपहार प्रदान गर्ने जनाएको हो । 

Advertisement

मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजार रुपैयाँ सियोरसर्ट क्यास ब्याक पाउनेछन् भने स्क्रयाच कुपनमार्फत ५ लाख रुपियाँसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

साथै, मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज र फाइनान्सको राम्रो सुविधा दिइने जनाएको कम्पनीले मोटरसाइकल तथा स्कुटरको विश्वशनीयता कायम गर्न ५ वर्षको वारेण्टीका साथै ५ वर्षसम्म फ्री सर्भिसिङ सुविधा समेत उपलब्ध गराउने घोषणा गरेको छ ।

कम्पनीले दसैंतिहार, छठ तथा नेपाल सम्बत ११४५ को अवसरमा यस्तो उपहार योजना ल्याएको हो ।
 

Advertisement