आइसरले ल्यायो ‘दशैँको हर्ष, आइसरको बर्ष’ योजना

Advertisement

काठमाडौं । बतास एमएडब्लु, बतास मोरङ्ग अटो वर्कस् कमर्सियल भेहिकलले दशैं तिहार, छठ पर्वलाई लक्षित गर्दै ‘दशैको हर्ष, आइसरको बर्ष’ अफर योजना ल्याएको छ । 

दशैको हर्ष, आइसरको बर्ष अफर योजना अन्र्तगत ग्राहकहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुबिधा प्रदान गरिने छ । 

Advertisement

यस योजनाले हाम्रा सबै ग्राहकहरूलाई बिशेष प्राथमिकताका साथ गाडि सञ्चालकहरु, चालकहरू, शिक्षण संस्थाहरू, निर्माण कम्पनीहरू आदि लाई लक्षित गर्दै योजना अन्र्तगत चालकहरूको लागि बीमा (चालक–मालिक), शून्य सेवा लागत (गाडी सञ्चालकहरु) तथा टुर प्याकेजहरू (निर्माण कम्पनीहरूका लागि), ल्यापटपहरू, प्रोजेक्टरहरू (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएका छन् । यो योजना यहि असोज १ गते देखि नेपाल अधिराज्यभर लागू हुनेछ । 

ग्राहकहरुले आइसरका देशभरीका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् । आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्रि गदै आईरहेको छ । नेपालमा आइसरका ११ शाखाहरु, ४ डिलरसहित देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको जनाएको छ । 
 

Advertisement

Advertisement