संस्थापक शेयरधनीले नकिनेपछि प्राइम बैंकको शेयर सर्वसाधारणलाई खुला

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

संस्थाले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन । 

Advertisement

यसअघि संस्थापक शेयरधनीका लागि मात्रै बिक्री खुलाइएको यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । 

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा रहेको कम्पनीसचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

बिक्रीमूल्यका लागि कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्न बुझ्न सकिने बैंकले जनाएको छ । 

 

Advertisement