सोमबारबाट काठमाडौंमा दिपल एक्सचेन्ज कार्निभल हुँदै, पुरानो गाडीको ‘बेस्ट भ्यालुएसन’ पाइने

Advertisement

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी सोमबार ३१ भदौदेखि ३ असोज सम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कार्निभल गर्ने भएको छ । 

यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर-लोडेड’ दिपलका इभीहरु खरिद गर्न सक्ने छन् ।  

Advertisement

दिपलमा अपग्रेड हुने मौका
दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य, अर्थात ७१ लाख ९९ हजार रुपियाँमा दिपलको निकै रुचाइएको प्रिमियम इभी एस०७ खरिद गर्न सक्ने छन् । यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने छन् । साथै, थप एक्सचेन्ज बोनस पाउने छन्, जसले ग्राहकहरुको दिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ । 

यसबाहेक, एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउने छन्, जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउने छन् । साथै, ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पाउने कम्पनीले जनाएको छ । 

के-के छ विशेषता ?
नेपालमा एमएडब्लु वृद्धिले दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री गर्दै आएको छ । यी इभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन्, जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । 

पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस०७लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो । दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन्, जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन । 

एमएडब्लु वृद्धिले दिपल एक्सचेन्ज कानिर्भलमा फ्युचरिस्टिक दिपल इभीमा अपग्रेड गर्न सबै इभीप्रेमीलाई आमन्त्रण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 
 

Advertisement