आरबिबि मर्चेन्टको १८ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ । 

भदौ २४ मा बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न नवौं वार्षिक साधारण सभासमेत आह्वान गरेको छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा दिउँसो २ बजे बस्नेछ ।

सभाले २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

Advertisement