भूपरिवेष्ठित अवस्थिति र जटिल भू–बनोटले पूर्वाधार विकास गर्न गाह्रो भयोः अर्थमन्त्री पौडेल

Advertisement

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले नेपाल पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा रहेको स्वीकार गरेका छन् । 

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बुधबार उनले भूपरिवेष्ठित अवस्थिति र जटिल भू–बनोटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीको रुपमा लिने गरिएको बताए । 

Advertisement

पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न आफूहरुले नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक रहेको बताउँदै पौडेलले सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणकरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको बताए । 

उनले भने, ‘हामी वर्तमानका चुनौतिहरुको सामना गर्दै भावी संभावनाहरुलाई उजागर गर्न आफ्ना नीति, योजना एवम् कार्यक्रमहरु तय गर्दै पूर्वाधार विकासको अभियानमा समाहित हुन चाहन्छौं । यसका लागि निजी क्षेत्रको प्रभावकारी सहयोग, समन्वय, सहकार्य आवश्यक छ ।’ 

पक्कै पनि यो सम्मेलनले एक्काईसौं शताब्दीको आवश्यकता अनुरुपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न पूर्वाधार सम्मेलनले ठोस योगदान गर्ने विश्वास व्यक्ति गर्दै सरकार यही नेपाली आकांक्षा साकार पार्न अनवरत लागिरहेको बताए । समृद्ध नेपाल निर्माणको मुल आधार नै पर्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास भएको पौडेलको भनाई छ । 

Advertisement