प्रदेशहरु आर्थिकरुपमा बोझ भए पनि खारेज नगर्ने सभापति देउवाको स्पष्टोक्ति

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना हटाउनसक्ने अवस्था नरहेको बताएका छन् । 

आर्थिकरुपमा प्रदेशहरु बोझ भएको र राजनीतिक दलका नेता कार्यकर्ता पाल्ने माध्यम मात्रै भएको भन्दै यो संरचना खारेज गर्नुपर्ने माग तीब्ररुपमा बढ्दै गए पनि देउवाले यो संरचना खारेज गर्ने स्पष्ट पारेका हुन् । 

Advertisement

बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नभएको उनको तर्क छ । देउवाले पार्टीको कानून विभागले मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको विचार गोष्ठीमा प्रदेश संरचनालाई अझै बढि उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार भने गर्नुपर्ने बताए । 

प्रदेश संरचनालाई अझ उत्तरदायी, पारदर्शी, बनाउने सम्बन्धमा विचार गर्ने, सोच्ने र त्यो अनुरुप यसमा सुधार गर्नुपर्ने भन्दै उनले समावेशी सिद्धान्त सबैका लागि आवश्यक भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने बताए । महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लाग आवश्यक भएको देउवाले बताए । 

नेता देउवाले कांग्रेस र एमालेले प्रजातन्त्रका लागि लडेको हुनाले उनीहरु कुनैपनि हालतमा प्रजातन्त्रको खिलापमा हुनै नसक्ने जिकिर पनि गरे । 

Advertisement