चिनियाँ पक्षको लामो समयदेखिको चासोपछि सरकारले हटायो टिकटकमाथिको प्रतिवन्ध

Advertisement

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । चिनियाँ पक्षको लामो समयदेखिको चासोपछि सरकारले यो प्रतिवन्ध हटाएको हो । टिकटक चीनमा आधारित प्रविधि कम्पनी हो । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिकृति बढाएको भन्दै पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले गत कात्तिक २७ मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

Advertisement

टिकटकमा व्यवसायी दुर्गा प्रसाइँको भिडियो निकै भाइरल भएपछि सरकारलाई तत्कालिन समयमा चिन्ताको विषय बनेको थियो । अर्कोतर्फ टिकटक बढी लोकप्रिय हुन थालेपछि फेसबुक, एक्स (ट्विटर), युट्युव जस्ता सामाजिक सञ्जाललाई पनि  चुनौति बनेको थियो । 

Advertisement