राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन तयार छौंः प्रधानमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताएका छन् । 

नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलन सम्मेलनमा उनले निजी क्षेत्रसँग हातमा हात मिलाएर जान तत्पर रहेको बताए । ‘पूर्वाधार विकास आर्थिक वृद्धिका लागि उत्प्रेरक पक्ष हो । यस तथ्यलाई मनन् गर्दै हामीले राम्रो सडक, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा प्राथमिकता दिएका छौँ’ ओलीले भने । 

Advertisement

प्रधानमन्त्री ओलीले कोभिड १९ पछि नेपालको अर्थतन्त्र क्रमशः पुनःउत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बताए । 

Advertisement