लगानी बोर्डद्वारा सीईओ पदमा दरखास्त आह्वान, यति चाहिन्छ न्यूनतम योग्यता

Advertisement

काठमाडौं । लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । 

बोर्डले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा ५ बमोजिम सीईओ पदमा दरखास्त आह्वान गरेको हो । 

Advertisement

बोर्डको सीईओ बन्न अर्थशास्त्र, व्यववस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभवसमेत भएको हुनुपर्नेछ । 

इच्छुक र योग्य उम्मेदवारले आज (साउन २८) का मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ । 

दरखास्त सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक तथा भौतिक पूर्वाधार विकास महाशाखा सिंहदरबारमा दिन सकिनेछ । 

२०७७ साउन १९ मा बोर्डको सीईओमा नियुक्त भएका सुशील भट्टको चार वर्षे कार्यकाल सकिएसँगै सो पद रिक्त छ । 

Advertisement