लगानी बोर्डको सीईओका लागि ‘सर्टलिष्ट’मा परेकाहरुको मंगलबार अन्तरवार्ता, को को छन् दौडमा ?

Advertisement

काठमाडौं ।  लगानी बोर्डको कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ‘सर्टलिष्ट’मा परेका पाँच उम्मेदवारको आगामी मंगलबार अन्तरवार्ता हुने भएको छ । 

प्रधान्मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको छनोट समितिले आज (आइतबार) सूचना जारी गर्दै अन्तरवार्ताको मिति सार्वजनिक गरेको हो । उक्त दिन ३ बजे नयाँ बानेश्वरस्थित बोर्डको कार्यालयमा अन्तरवार्ता सुरु हुनेछ । 

Advertisement

अन्तरवार्ताका क्रममा उम्मेदवारले आफ्नो रणनीति तथा कार्ययोजना पनि पेश गर्नुपर्नेछ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएपछि सरकारले गत साउनमा नयाँ सीईओ छनोट प्रक्रिया अघि बढाएको थियो । 

सीईओका लागि आवेदन दिएकामध्येबाट पाँच जना सर्टलिस्टमा परेका छन् । सर्टलिष्टमा बिष्णु भट्टराई, रघुराज काफ्ले, सुशील ज्ञवाली, रामदेव यादव र भीष्मराज ढुंगाना परेका छन् । 

अन्तरवार्तापछि समितिले तीन जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाउने छ । उनीहरुमध्येबाट एक जनालाई सीईओ नियुक्त गरिने छ । सत्ताको नेतृत्व गर्ने र सत्तामा रहेका दलहरुले आफ्नो पार्टीनिकटहरुलाई नै नियुक्ति गर्ने प्रवृत्ति हावी रहेकाले नेकपा एमालेनिकट सुशील ज्ञवाली बोर्डको सीईओ हुनसक्ने अडकल गरिएको छ । राजनीतिक आस्थाअनुसार नहुँदाको अवस्थाको आर्थिक चलखेल, नातासम्वन्ध, विदेशी शक्ति केन्द्रको दबाबमा पनि यस्ता नियुक्ति हुने विज्ञहरुले बताउने गरेका छन् । 

लगानी बोर्डका सीईओको कार्यकाल चार बर्षको हुन्छ । 

Advertisement