आजको मौसम : यी तीनवटा प्रदेशमा हुनेछ भारी वर्षा

Advertisement

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

अहिले कोशी र मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनुका साथै कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ । 

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू-भागका केही स्थानमा हावाहुरी चल्ने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement