आजसम्म शेयरधनी बन्नेले पाउनेछन् नेपाल ल्युबको २५ प्रतिशत लाभांश

Advertisement

काठमाडौंं । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्दैछ ।

Advertisement

भोलि (असोज ३) संविधान दिवस अर्थात् सार्वजनिक बिदा हो । सोही कारण शेयर बजार बन्द रहनेछ । अतः आजसम्म नेप्सेमा कायम शेयरधनी मात्रै प्रस्तावित लाभांश पाउन र साधारणसभामा उपस्थित हुन सक्नेछन् । 

कम्पनीको साधारणसभा असोज १८ गते, याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने र प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, एफपीओ निष्काशनपश्चात् प्राप्त पुँजीको उपयोग, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

 

Advertisement

Advertisement