राशिफलः आज (असोज ३) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको ३ गते बिहीबार, आश्विन कृष्णपक्षको द्वितीया तिथि । आज सोह्रश्राद्ध अन्तर्गत द्वितीयाश्राद्ध रहेको छ । आज संविधान दिवस ।

मेष 
नराम्रा सपनाले सताउँदा पेशागत जीवनमा समेत प्रभाव पार्ने छ । परिवारमा पनि बादबिबाद र तनावको अवस्था आउने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने समय रहेकाले सतर्क रहनु होला । मित्रहरुको साथले राम्रो मार्गदर्शन मिल्ने छ । यात्रामा समस्या आउने छ । रमाईलो अवस्थामा पनि रम्न नसक्ने स्वाभावले सामाजिक घुलमिलमा बाधा पु¥याउने छ । 

Advertisement

वृष
भाग्यको  साथ रहेकाले कतिपय विषय वस्तु बिग्रिन खोजे जस्तो हुँदा हुँदै पनि सकारात्मक नतिजा दिनेतर्फ ढल्कन जाने छन् । आम्दानीमा गिरावट आउँदा त्यसले मनमा र आन्तरिक चतु¥याईँमा नकारात्मक असर पार्ने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

मिथुन 
दृढ खालको व्यक्तित्व हुनेछ । तर पारीवारिक जीवनमा कटुताले द्वन्द निम्त्याउने छ । मनमा उदासिताले निकै सताउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । आयात निर्यात र पर्यटन क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण देखिन्छ । 

कर्कट
पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, खेल जगत, सर्जरी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय कठिन देखिन्छ ।

सिंह
पेशागत  जीवन र आम्दानीमा केही सकारात्मक नतिजा देखा पर्ने छ । मनमा दुविधा अत्याधिक आउन जाँदा निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ । राजनीति, व्यवस्थापन, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

कन्या
भाग्यको साथ रहेको छैन् । त्यसले गर्दा मेहनत अनुसारको प्रतिफल नआउँदा यसले कर्मप्रति निराशाजनक भाव बढाउने हुँदा धैर्य भएर कर्म गर्न भने नछोड्नु होला । पर्यटन, ट्राभल्स एजेन्सी, किराना पसल, राजनीति, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल छ ।

तुला
चतुरतामा बृद्धि हुने भएता पनि रिस कडा हुने हुँदा कतिपय कामहरु बिग्रिन पुग्ने छन् । पेशागत जीवन अनुकुल रहँदा समेत आफुलाई भाग्यले साथ नदिएको जस्तो आभाष भइरहने छ । यस विषयमा सचेत रहनु होला । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।

वृश्चिक
अध्ययन अध्यापनमा मन जाने छैन् । मनोबल कमजोर हुनेछ । रक्तचाप तथा शारीरिक अवस्थामा असन्तुलन देखा पर्ने छ । बोलीमा कडापन देखा पर्ने भएकाले यस बारेमा सचेत रहनु होला । पारीवारिक जीवनमा सकारात्मकता थपिने छ । शारीरिक परिश्रम गर्ने क्षेत्रमा आवद्धहरुले सचेत रहनु पर्ने समय छ । 

धनु 
मनमा उदासिनता बढ्न जाने छ । समय प्रतिकुल रहेकाले धैर्यता नगुमाई पाईला चाल्नु होला । प्रतिष्पर्धीले धेरै पेल्ने छन् । पेशागत जीवनमा अस्थिरता आउने छ । मनोबलमा कमजोरी देखा पर्ने छ भने शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्न जाने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा केही राहत अवश्य मिल्ने छ । पेशागत र व्यावसायि जीवनमा जोखिमपूर्ण कदम नचाल्नु होला ।

मकर 
पेशागत जीवन अस्थिर बन्ने छ । सेवा क्षेत्रमा रहेकाहरुलाई समय धेरै प्रतिकुल नबने पनि व्यावसायमा रहेकाहरुलाई भने जोखिमपूर्ण समय रहेकाले सतर्क भइ पाइला चाल्नु होला । भाग्यहिनताको आभाष हुन जाने छ । ठेक्कापट्टा, निर्माण, साहसिक व्यावसायका क्षेत्रहरुमा सक्रियलाई समय चुनौपूर्ण रहेको छ ।

कुम्भ 
आम्दानीका विषयमा असन्तुलन आउने छ । सोचेको जति आम्दानी नभए पनि आम्दानीको अवस्था निराशाजनक पनि हुने छैन् । भाग्यहिनताको महशुस हुने हुँदा कर्मको मात्रा बढाउनु पर्ने छ । अध्ययनमा पटक्कै मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा भारी गिरावट आउने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला ।

मीन
मनमा अत्यन्त उदासिनता आउने छ । खुशी तथा दुःखमा आँखाबाट आँशु आउने स्वाभाव हुने छ । पेशागत जीवन औसत रहन खोजेता पनि पेशा व्यवसायको विषयलाई लिएर मनमा पिर थपिने छ । पानी, आइसक्रिम, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, मदिरा, मांस पदार्थ जस्ता व्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement