आजको मौसम : कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Advertisement

काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । ​

जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

Advertisement

कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

राति भने कोशी र बागमती प्रदेशलगायतका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।

Advertisement