अहिलेको संविधान ‘जनसंविधान’को रुपमा लिनुसः प्रम ओली

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अहिलेको संविधानलाई ‘जनसंविधान’को रुपमा लिन आग्रह गरेका छन् । बिहीबार आयोजित संविधानसम्वन्धी कार्यक्रममा उनले २०७२ को संविधानलाई ‘जनसंविधान’ भनेका हुन् । 

‘जन’ शब्द विशेषगरी कम्युनिष्ट शासन प्रणाली भएको मुलुकमा प्रयोग हुन्छ । ओलीले अहिलेको संविधानलाई जनसंविधानको रुपमा मानेर मनाउन सुझाव दिएका हुन् । 

Advertisement

उनले संविधान संशोधनको प्रक्रियामा सरकारका रहेका दलको संसदको गणितीय सङ्ख्यालाई मात्र नहेरी सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम् प्रयास गरिने बताए । 

संविधानलाई समयानुकूल बनाउँदै अमिल्दा विषय र राजनीतिक तहमा देखिएको अस्थिरताको केही हदसम्म सम्बोधन संविधान संशोधनले ओलीको भनाई छ । उनले भने, ‘संविधानमा लेखिएका कतिपय अधिकारहरु जनताका जीवनमा अनुदित भएका छैनन् । संविधानलाई जीवनमय बनाउन राज्य र जनता दुवै पक्षको प्रयास जरुरी छ । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारसँग अरु कुनै मुद्दा छैन ।’

ओलीले थपे, ‘युवाहरुलाई म भन्न चाहान्छु, तपाईँहरुसँग केही गरौँ भन्ने आगो बलिरहेको छ । त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरुबाट बचाउनुुहोला ।’ समाजमा अनुशासन र सामाजिक व्यवस्था तथा मर्यादाको पालना आवश्यक भएको उनको तर्क छ । ओलीले भीडतन्त्र र अराजकता प्रजातन्त्रअनुकूल हुन नसक्ने बताए । 

Advertisement