नयाँ डिम्याट र मेरोशेयर खाता खोल्दा गरिमा क्यापिटलबाट स्मार्ट वाच पाइने

Advertisement

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको छ । 

कम्पनीले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे नेपाली दाजुभाई तथा दिदी बहिनीहरूका लागि २०८१ साल असोज १ गतेदेखि २०८१ साल कात्तिक ३० गतेसम्मका यो अफर ल्याएको जनाएको छ । 

Advertisement

यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली ३ जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्ने छन् । 

यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरोशेयर खाता खोल्नु पर्नेछ । 

Advertisement