नास्टद्वारा विज्ञान प्रविधिका १८ विधामा पुरस्कारका लागि आवेदन आह्वान

Advertisement

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका विभिन्न १८ विधामा पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।

प्रतिष्ठानले चालू आर्थिक वर्ष २०८१÷०८२ नेपाल सरकारका तर्फबाट प्राप्त १२ र आन्तरिकबाट ६ पुरस्कारका लागि सम्बन्धित व्यक्ति वा संस्थाबाट आवेदन आह्वान गरेको हो । 

Advertisement

सरकारबाट प्राप्त कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, प्रकृति संरक्षण पुरस्कार, विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कारका लागि आवेदन माग गरिएको छ ।

त्यस्तै, विज्ञान पुरस्कार, प्रविधि पुरस्कार, विज्ञान तथा प्रविधि युवा पुरस्कार, महिला विज्ञान तथा प्रविधि पुरस्कार, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रबर्द्धन पुरस्कार, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारका लागि पनि आवेदन माग गरिएको छ । यसबाहेक विज्ञान शिक्षक पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार यो सूचीमा रहेका छन् । 

त्यसैगरी आन्तरिक तर्फबाट दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार, फणीन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार र मोह्नध्वज बस्नेत पुरस्कार (संस्थालाई) भुवनेश्वर प्रविधि पुरस्कार, जितबहादुर नकर्मी धातु प्रविधि पुरस्कार र हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ पुरस्कार पनि प्रदान गरिनेछ । 

आवेदन कात्तिक ४ गते कार्यालय समयभित्र दिनुपर्नेछ । आवेदन फाराम नास्ट वेबसाइटमा डाउनलोड गर्न सकिनेछ । 

undefined

Advertisement

Advertisement