ग्यालेक्सी टेलिभिजनका लागि जीबी राईले विभिन्न सहकारीबाट २ अर्ब ५८ करोड लगेको खुलासा

Advertisement

काठमाडौं । सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित ग्यालेक्सी फोर–के टेलिभिजनमा विभिन्न सहकारीमार्फत २ अर्ब ५८ करोड रुपैयाँ बढी पैसा गएको दाबी गरेको छ । 

समितिले तीन महिना ९ दिन लगाएर गरेको अध्ययन पश्चात तयार गरेको प्रतिवेदनमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र निजका विभिन्न आफन्तको नाममा प्रचलित सहकारी कानून विपरीत विभिन्न सहकारीमार्फत ऋण तथा पेश्की गरी २ अर्ब ५८ करोड बराबरको रकम पठाई अपचलन भएको पाइएको बताएको हो ।

Advertisement

उक्त रकममध्ये ६५ करोड ५४ लाख ४ हजार ५३८ गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खातामा जम्मा भएको देखिन्छ समेत समितिले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ । 

अपचलन रकम मध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी लगायत सानो पाइला, समानता, सहारा सहकारीबाट लगिएको देखिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सो रकममध्ये ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ जीबी राईले विभिन्न व्यक्तिका नाममा ऋण देखाई गोर्खा मिडियामा जम्मा गरेको देखिएको समितिको अध्ययनले देखाएको छ । 

जम्मा भएको रकम मध्ये १२ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लि.को शेयर पुँजीवापत जम्मा गरिएकोमा ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ अध्यक्ष जीबी राई स्वयंले प्रयोग गरेको देखिन्छ।

पछि रवी लामिछाने सेमतले गोर्खा मिडिया छाडेपछि गोर्खा मीडयाको सञ्चालकको रूपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीजले मिति २०७९ । ०३ । ३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड रुपैयाँ ऋण लिई गोर्खा मिडिया नेटवर्क प्रा.लि.लाई मिति २०७९ । ०३ । ३१ मा २० लाखको ऋण प्रबाह गरेको देखिएको अध्ययन समितिले जनाएको छ।

Advertisement

Advertisement