उद्योग वाणिज्य महासंघद्वारा बिजनेस इन्टेलिजेन्स सिस्टम संचालन

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिनेछ । 

यस प्रणालीमा महासंघका सदस्यहरुले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण सदस्यहरुको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरि करिब ६ लाख व्यवसाय आवद्ध छन् । ती सदस्यहरुको विवरण यस प्रणालीमा रहनेछ । 

Advertisement

यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकता अनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने छ । नलेज प्ल्याटफर्मका रुपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकासन यस प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ । 

यो प्रणालीको उदघाटन गर्नु हुँदै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने वताउनुभयो । 

सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो । 
 
 

Advertisement

Advertisement