सेक्युर्ड सेक्युरिटिजले ६२ प्रतिशत लाभांश दिने, कति बोनश, कति शेयर ?

Advertisement

काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लगानीकर्तालाई ६२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

सोही प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक ८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ ।

Advertisement

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिबाट प्रस्तावित ५० प्रतिशत बोनस शेयर र  करसहित १२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्दै विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साथै, सभाले समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

Advertisement

Advertisement