सानिमा म्युचुअल फण्डका इकाइधनीलाई आजदेखि लाभांश वितरण गरिँदै

Advertisement

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत दुई योजनाका इकाइधनीलाई आजदेखि लाभांश वितरण गर्न थालिएको छ ।

सानिमा क्यापिटलको योजना व्यवस्थापन तथा सानिमा बैंक कोष प्रवर्द्धक रहेको सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई क्रमशः १५ प्रतिशत र १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका थिए । 

Advertisement

भदौ १४ गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

भदौ २५ सम्म कायम इकाइधनीलाई उनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातमा नियमानुसार कर कट्टी गरी आइपिएसमार्फत प्रतिफल जम्मा गरिने सानिमा क्यापिटलले जनाएको छ । 

साथै, आफ्नो इकाइ धितो राखेका इकाइधनीले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र पेस गरेपछि मात्रै खातामा प्रतिफल जम्मा हुने क्यापिटलले जनाएको छ । 

Advertisement

Advertisement