द सोल्टी, काव्य हिमालय, अलफ्ट काठमाडौं र  होटल बराहीले पाए साटाको स्वर्ण अवार्ड

Advertisement

काठमाडौँ । द सोल्टी काठमाडौं, काव्य हिमालय, अलफ्ट काठमाडौं ठमेल, होटल बराही काठमाडौंलाई साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२४ प्राप्त गरेका छन् । नेपालका यी चार वटा रिसोर्ट–होटलले गोल्ड अवार्ड पाएका हुन् । 

नेपालले चार वटा स्वर्ण र १७ वटा कास्य गरी २१ वटा अवार्ड हात पारेको थियो । साथै नेपालले उत्कृष्ट सांस्कृतिक गन्तव्यस्थलका तर्फ पनि अवार्ड जितेको थियो । 

Advertisement

काठमाडौंस्थित ताहाचलमा रहेको द सोल्टी काठमाडौंले लिडिङ सभा र सम्मेलन होटल–रिसोर्टको रुपमा साटाको स्वर्ण अवार्ड पाएको हो । 

नगरकोटमा रहेको काव्य हिमालयले लिडिङ हिल रिसोर्ट–होटलका रुपमा स्वर्ण अवार्ड पाएको हो । ठमेलमा रहेको अलफ्ट काठमाडौंले दक्षिण एशियाको उत्कृष्ट जीएमका रुपमा स्वर्ण अवार्ड पाएको छ । 

साथै काठमाडौंस्थित होटल बराही काठमाडौंले दक्षिण एशियाको उत्कृष्ट नयाँ होटल–रिसोर्टका रुपमा स्वर्ण अवार्ड पाएको हो ।

त्यस्तै द एभरेस्ट होटल, एयरपोर्ट होटल, कासारा जंगल रिसोर्टले, सिद्धार्थ बुटिक होटलले, होटल तुलसी, अलफ्ट काठमाडौं ठमेल, आबास पोखरा, ह्यात प्लेस काठमाडौंले, सोल्टी वेस्टेन्ड रिसोर्ट चितवनले, अकामा होटल, द मल्ल, ह्यात रिजेन्सी काठमाडौं, सिद्धाथ रिभर्साइड रिसोर्ट, मातेश्वरी ट्राभल्स, होटल याक एण्ड यति, टेरेस रिसोर्ट र स्पा, बाराही जंगल लज, टेन्टेट क्याम्प र सराङकोट माउन्टेन लज साटाको स्वर्ण अवार्ड पाएको हो ।


 

Advertisement

Advertisement