सुनको मूल्य तोलाको ५ सय बढ्योः प्रतितोला १ लाख ५९ हजार ७ सयमा कारोबार

Advertisement

काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । मूल्य बढेसँगै दिनदिनै उच्च मूल्यको रेकर्ड बन्दै आएको छ । 

यसैक्रममा आज मंगलबार पनि सुन प्रतितोला ५ सय बढेको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला ५ रुपियाँ घटेको छ । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७०० रुपियाँमा किनबेच भइरहको छ । 

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपियिाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उकालो लागेसँगै त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको हो ।  

Advertisement

Advertisement