बाँसबारी–बुढानिलकण्ठ सडक खण्डको काम चाँडो सक्न मन्त्री पौडेलको ध्यानाकर्षण

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाँसबारी–बुढानिलकण्ड सडक खण्डको काम चाँडो सक्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

उक्त सडक खण्डमा खानेपानी तथा विद्युत लाइन विस्तारका गतिवधिका कारण सडक भत्काइएको तर समयमा नै काम नहुाँदा सडकको अवस्था निकै खराब बन्न पुगेको भन्दै जनगुनासा बढेको छ । सो बारे मंगलबार जानकारी लिदै मन्त्री पौडेलले सम्बन्धित खानेपानी विभाग र विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् । 

Advertisement

काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

एक वर्ष अघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भए पछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक पटक पहल थालेका थिए । सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग स्थलगत निरिक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए । 

त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार पुनः निरिक्षणका लागि सो क्षेत्र पुगेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराएका छन्। मन्त्रीसामु सम्बद्ध अधिकारीहरुले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन् ।

सडकअन्र्तगतको चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने भएको छ । प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरुले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

Advertisement

Advertisement