दुई महिनामा १६ सय ‘बिजुली गाडी’ नेपाल भित्रियो, ईभीको बढ्दो प्रयोगले पेट्रोलियम राजस्वमा धक्का !

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा एक हजार ६ सय युनिट बिजुली गाडी (ईभी) नेपाल भित्रिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार साउन र भदौमा विभन्न ब्राण्डका गरी ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६ सय दुईवटा  चार पाङ्ग्रे कार, भ्यान, जिप आयात भएको हो । जसबाट २ अर्ब ३१ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

Advertisement

खासगरी सरकारले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत बिजुली गाडीको भन्सार शुल्क र अन्तःशुल्क बढाएसँगै ईभी राजस्वमा केहीँ वृद्धि हुन गएको हो । 

null

आर्थिक विधेयक, २०८० ले बिजुली गाडीको किलोवाट अनुसार भन्सार शुल्क र अन्तःशुल्कमा केहीँ परिमार्जन गरेको छ । ५० किलोवाटसम्मका ईभीमा ५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ भने सरकारले भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको छ । यसअघि ५० किलोवाटसम्मका विजुली गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । 

यसैगरी ५० किलोवाटदेखि १०० किलोवाटसम्मका ईभीमा २० प्रतिशत अन्तःशुल्क र १५ प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरिएको छ । यसअघि यो सेग्मेन्टको ईभीमा १० प्रतिशत अन्तःशुल्क र १५ प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था थियो । 

यस्तै, १०१ देखि २०० किलोवाटसम्मको ईभीमा १० प्रतिशतले भन्सार वृद्धि गर्दै सरकारले ३० प्रतिशत पु¥याएको छ । तर, यो सेग्मेन्टको गाडीमा अन्तःशुल्क भने पहिलेको २० प्रतिशत नै कायम गरिएको छ ।
२०१ देखि ३०० किलोवाटको विद्युतीय गाडीमा ४० प्रतिशत भन्सार रहेकोमा ६० प्रतिशत पुर्याइएको छ भने ४५ प्रतिशतको अन्तःशुल्क  घटाएर ३५ प्रतिशतमा झारिएको छ ।

३०० किलोवाट मोटर पावरभन्दा माथिका ईभीमा भने ६० प्रतिशत भन्सार रहेकोमा २० प्रतिशत वृद्धि गरेर ८० प्रतिशत पु¥याइएको छ । तर, यसअघि ६० प्रतिशत रहेको अन्तःशुल्क १० प्रतिशतले घटाएर ५० प्रतिशतमा झारिएको छ । 
बढीभन्दा बढी माग र प्रयोग रहने ५० देखि २०० किलोवाटसम्मको ईभीलाई नै सरकारले खास राजस्वमा फोकस गरेको देखिन्छ । 

undefined

साउन र भदौमा कुन वर्गका कति ईभी आयात भए ?

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ईभीको आयात बढी भएको देखिन्छ । समीक्षा अवधिमा यस वर्गका २ अर्ब ४३ करोड २१ लाख रुपैयाँ बराबरका ९३८ वटा ईभी आयात भएका छन् । 

यसैगरी दोस्रोमा ५० किलोवाटसम्मका १ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरका ५६० वटा ईभी आयात भएको विभागको तथ्यांकले देखाउँछ ।  १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ईभी ३२ करोड २३ लाख ९२ हजार रुपैयाँ बराबरको ९९ वटा आयात भएका छन् भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ईभी १ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको जम्मा ३ वटा मात्र आयात भएको विभागले जनाएको छ ।

३०० किलोवाटमाथिका ईभी भने जम्मा २ वटा मात्र आयात भएको विभागले जनाएको छ । 

undefined

ईभीको बढ्दो प्रयोगले पेट्रोलियम राजस्वमा धक्का !

पछिल्लो समय नेपाली अटो बजारमा बिजुली गाडी (ईभी) को आयात र प्रयोग ह्वात्तै बढेर गएसँगै यसको सोझो असर पेट्रोलियम पदार्थ (पेट्रोल/डिजेल) को खपतमा परेको छ । जसले गर्दा पछिल्ला दिनमा पेट्रोलियम पदार्थको आयात परिणाममा समेत गिरावट आइरहेको छ । 

भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा ४३ अर्ब २५ करोड रुपैयाँ बराबर इन्धन आयात भएको छ । जब कि अघिल्लो वर्षको यसै अवधिमा ४४ अर्ब ६५ करोड बराबरको पेट्रोल/डिजेल आयात भएको थियो ।

१ अर्ब ४० करोड रुपैयाँमाथिले पेट्रोलियम पदार्थको आयात घट्दै गर्दा यता राजस्व समेत घट्न पुगेको छ । अघिल्लो वर्षको साउन र भदौमा पेट्रोलियम पदार्थबाट मात्र १६ अर्ब ६५ करोड राजस्व संकलन गरेको सरकारले यो वर्ष १६ अर्ब रुपैयाँ मात्र पाएको छ । 

Advertisement

Advertisement