काठमाडौं । लोकप्रिय ईभी ब्राण्ड दिपलको ब्राण्ड एम्बास्टरमा पूर्व क्रिकेटर एवंम् क्रिकेट एसोसिएन अफ नेपाल (क्यान) का सचिव पासर खड्का नियुक्त भएका छन् ।
नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पूर्व क्रिकेटर खड्कालाई ब्राण्ड एम्बास्टरमा अनुबन्धन गरेको हो ।
कम्पनीको तर्फबाट म्यानेजिङ डिरेक्टर विवेक सिकारियाले ब्राण्ड एम्बास्टर खड्कालाई सम्झौतापत्र हस्तान्तरण गरे । योसँगै कम्पनीले ब्राण्ड एम्बास्टर खड्कालाई दिपल एस ०७ को कीं ह्याण्डओभर समेत गरेको छ ।
नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफु दिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुशी लागेको खड्काले बताए । छोटो समयमा नै नेपाली बजारमा उत्कृष्टता परिचय बनाउन सफल दिपलसँग अनुबन्धन हुन पाउँदा निकै खुशी लागेको उनले बताए ।
चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगानको उत्पादन दिपल गत चैतमा मात्र नेपाल भित्रिएको हो । पहिलो चरणमा दिपल एस ७ मोडल नेपाल भित्र्याएको कम्पनीले पछिल्लो पटक एस ०७ मोडल समेत भित्र्याएको छ । उत्कृष्ण पावर पिकअपसँगै आकर्षक लुक्स, लग्जरियस् फिचर्स र रेञ्जका कारण दिपल छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको छ ।
त्यसो त विगत दुई दशकदेखि निन्तर गाडी उत्पादन गरिरहेको चांगान चीनको टप ३ अटोमेकरको रुपमा स्थापित छ । हाल कम्पनीले घरेलु बजार चीनका साथसाथै विश्वभरका बजारमा आफ्नो उत्पादन उपलब्ध गराइरहेको छ । कम्पनीको दैनिक ७ हजार युनिट गाडी बिक्री हुने गरेको दाबी गरिएको छ ।