काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शेयरधनीहरुका लागि ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको सीईओ प्रकाश पौडेलले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९ सय ५०.५४ छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले लाभांश पाउने छन् ।