चाैबीस प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

Advertisement

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सम्पर्कविहीन २४ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

कार्यालयले प्रहरी कर्मचारीहरू आफूखुसी गैरहाजिर रहेको र सम्पर्क गर्दासमेत सम्पर्कमा नआएपछि सूचना जारी गरी सम्पर्कमा आउन भनेको हो । 

Advertisement

सूचनामा बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनिएको छ । अन्यथा कारबाहीस्वरूप सेवाबाट हटाउइने पनि सूचनामा उल्लेख गरिएको छ ।

सात दिनभित्र उपस्थित भएमा यो सफाइको मौकासमेत रहेको कार्यालयले जनाएको छ ।

यसरी यसरी गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि सहायक हवल्दार र जवानसम्म रहेका छन् ।

undefined

Advertisement

Advertisement