आर्थिक वर्षको पहिलो महिना मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुबै सकारात्मक, कति छ बचत ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी बचत खाता र शोधनान्तर स्थिति दुबै सकारात्मक (बचत) मा देखिएका छन् ।

केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको पहिलो महिनाको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा चालु खाता ३० अर्ब ८९ करोडले र शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा देखिएको हो ।

Advertisement

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा रहँदा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा बढेको रेमिट्यान्स, पर्यटन आगमन र आयात र निर्यातमा आएको सुस्तताले शोधनान्तर स्थितिमा सुधार आएको हो । 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी
आप्रवाह ७९ करोड ९८ लाख रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) २ अर्ब ६५ करोड रहेको थियो ।
 

Advertisement

Advertisement