ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले बढ्यो

राष्ट्र बैंकले भन्यो– साउनमा निजी क्षेत्रफर्तको कर्जा प्रवाह १४ अर्ब ११ करोडले बढ्यो

Advertisement

काठमाडौं । कर्जा लगानी नभएर बैंक तथा वित्तीय संस्थाहरु हैरान भइरहेका बेला यता केन्द्रीय बैंकले साउनमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.३ प्रतिशत बढेको बताएको छ ।

बिहीबार आर्थिक वर्ष २०८१/८२ को पहिलो साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले वित्तीय संस्थाहरुको निक्षेप संकल ४३ अर्ब ४५ करोड रुपैयाँले घट्दैगर्दा यता कर्जा लगानी १४ अर्ब ११ करोडले बढेको तथ्यांक सार्वजनिक गरेको हो ।

Advertisement

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१३३ अर्ब २४ करोड (२.३ प्रतिशत) ले घटेको थियो । 
तथापि, वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।

२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः५.० प्रतिशत, ३०.३ प्रतिशत र ५७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको थियो ।

२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.९ प्रतिशत रहेको छ । २०८० साउन मसान्तमा यस्तो निक्षेपको अंश ३५.२ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ ।

२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतलेर वित्त कम्पनीहरुको कर्जा प्रवाह १.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.३ प्रतिशतलेघटेको छ ।
२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये १३.३ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । 

२०८० साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.१ प्रतिशत रहेको थियो । 
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ०.३ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.०३ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३ प्रतिशतलेर नगद प्रवाह कर्जा ०.२ प्रतिशतले घटेको छ । 

Advertisement

Advertisement