सन नेपाल लाइफको लगनखेलस्थित स्थानान्तरित शाखा उद्घाटन

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आफ्नो स्थानान्तरित शाखा उद्घाटन गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्रराज शाक्यबाट संयुक्त रुपमा शाखा उद्घाटन गरिएको हो । 

Advertisement

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल भएका थिए । 

ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखी सेवा दिंदै जाने कम्पनीको उद्देश्य रहेको छ ।

 

Advertisement

Advertisement