काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी सि ६७ ५जी र रियलमी नार्जो एन ६१ सार्वजनिक गरेको छ ।
रियलमी सि ६७ ५जी मा ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा, मीडिया टेक डाईमेन्सिटी ६१०० र १२८ जिबी सम्मको स्टोरेज क्यापासिटी उपलब्ध रहेको छ । क्वालिटी र इफिसियन्सीको खोजी गर्ने प्रयोगकर्ताहरूले यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन र कार्यक्षमता प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी प्रविधिप्रेमी तथा ट्रेन्डसेटर प्रयोगकर्ताहरुलाई लक्षित गर्दै रियलमी नार्जो एन ६१ ल्याएको कम्पनीले जनाएको छ । आर्मर प्रोटेक्सन, उच्च पर्फर्मेन्स, टप टियर क्यामरा र धेरै समयसम्म टिक्ने ब्याट्री सहित आएको रियलमी नार्जो एन ६१ ले नेपाली प्रयोगकर्ताहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।
रियलमीका हेड अफ स्ट्राटिजी एण्ड रिसर्च मुनिस गिरीले भने, ‘रियलमी सि ६७ ५जी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी निकै खुसी छौं । ५० मेगापिक्सेलको ३ एक्स इन सेन्सर जुम क्यामरा र स्न्यापड्रागन चिपसेटले प्रयोगकर्तालाई उत्कृष्ट प्रविधिमा पहुँच पु¥याउने छ । त्यस्तै गरी एन्ट्री लेभल फोनको पर्फर्मेन्स र टिकाउपनलाई चुनौती दिने हिसाबले नार्जो एन ६१ को डिजाइन गरिएको छ । मेटल, फोम, सिलिकोन लगायतका एडभान्स्ड सामाग्रीहरु प्रयोग गरेर बनाइएका ८ वटा विभिन्न किसिमका सेफ्टी प्रोटेक्सन दिइएको यस नार्जो एन ६१ स्टील जत्तिकै टफ रहेको छ । त्यसैले यो काम, मनोरन्जन र अन्य हरेक प्रयोगको लागि अत्यन्तै उपयुक्त छ ।’
डार्क पर्पल रंगमा उपलब्ध रियलमी सि ६७ ५जी को मूल्य रु २१,९९९ (६+१२८ जिबी) रहेको छ भने भोयाज ब्लुमा उपलब्ध नार्जो एन ६१ को मूल्य रू १३,४९९ (४+६४ जिबी) रहेको कम्पनीले जनाएको छ ।