वायुसेवा निगमका ग्राउण्डेड सबै जहाजहरु सञ्चालनमा आउन दशैंसम्मै कुर्नुपर्ने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको नेतृत्वको कमजोर व्यवस्थापनका कारण ग्राण्डेड भएका अन्तर्राष्ट्रिय उडानका चार वटा जहाजमध्ये तीन वटा सञ्चालनमा आउन आउँदो दशैंसम्म कुर्नुपर्ने भएको छ । 

निगमकै प्रवक्ता रमेश पौडेलले ग्राण्डेड जहाजहरु सबै सञ्चालनमा आउन दशैंसम्म कुर्नुपर्ने स्वीकार गरे । हवाई माफियाहरुको योजनाअनुसार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दशैंको महत्वपूर्ण समयमा आफ्नो जहाजहरु ग्राउण्डेड गरेर विदेशी वायुसेवा कम्पनीलाई मालामाल गराउने काम गरेको आरोप लाग्दै आएको छ । 

Advertisement

नियामक नेपाल उड्डयन प्राधिकरणलाई उपेक्षा गर्दै प्रतिस्पर्धा मिचेर सी–चेकका लागि इटली पठाइएको निगमको वाइडबडी जहाज दुई महिना बितिसक्दा पनि फर्किएको छैन् । यही बीचमा निगमका अर्को एक वाइडबडी र एक न्यारोडी जहाज पनि सी–चेकको समय भएकाले ग्राउण्डेड भएको छ । निगमलाई लथालिंग  बनाएपछि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले एक साताभित्र लिखित जवाफ दिन स्पष्टीकरण सोधेका छन् । 

पं्रवत्तला पौडेलले चार वटै जहाजहरु यही आउँदो दशैंसम्म उडाउने तयारीका साथ आफूहरुको काम गरेको बताए । उनले दुई वटा वाइडबडी जहाज ग्राउन्डेड रहे पनि बाँकी दुई वटा न्यारोबडी जहाज उडिरहेको दावी गरे । इटली पठाइएको वाइडबडी जहाज बनाउने सिलसिलामा केही थप कार्य गर्न परेकोले निधारित समयमा फर्किन नसकेको बताए । उक्त जहाज एक महिनाभित्र फर्किने शर्तमा पठाइएको थियो । सी–चेकलाई लागि टेण्डर गर्दा चिनियाँ कम्पनीले २० दिनभित्रमा नै मर्मत गरी पठाउन तयार रहेको बताए पनि चिनियाँ कम्पनीलाई नदिई प्राधिकरणको बिना जानकारी इटली पठाइएको थियो । 

प्रवक्ता पौडेलले भने, ‘एउटा वाइडबडीको मर्मतका लागि थप समय लाग्दालाग्दै अर्को वाइडबडी नियमित सी–चेकको गर्ने समय भएकोले इटाली गएको छ । दोस्रो वाइडबडी यही गएको अगस्ट २८ मा गएको हो । सी–चेक गर्ने अवस्थामा उडान गर्न पनि मिलेन ।’

पहिला गएको वाइडबडी जहाज एक साताभित्र आउने दावी गर्दै दोस्रो वाइडबडी जहाज एक महिनाभित्रमा फर्किने बताए । निगमको आन्तरिक उडानका लागि चार वटा र आन्तरिक उडानका लागि दुई वटा डीएचसी ६ ट्विन अटर जहाज रहेका छन् । तर आन्तरिक उडानका जहाजमध्ये पनि एउटा मात्रै अहिले सञ्चालनमा रहेको छ । ग्राउण्डेड रहेको ट्विन अटर पनि दशैंसम्म सञ्चालनमा आउने पौडेलले बताए । ठूला जहाजहरु ग्राण्डेड हुँदा निगमलाई दैनिक करोडौं नोक्सान भइरहेको छ भने विदेशी वायुसेवा कम्पनीले चाडपर्वको मुखमा चर्को हवाई भाडा बढाएका छन् । 


   
 

Advertisement