मेलम्चीको पानी आजबाट पुनः वितरण गरिने, ‘स्विच अन’ गर्न खानेपानीमन्त्री सुन्दरीजलमा

Advertisement

काठमाडौं । मेलम्ची पानी आज (मंगलबार)देखि काठमाडौंवासीलाई पुनः वितरण गरिने भएको छ । आज सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने तयारी गरिएको छ । 

मेलम्चीको मुहानको बाँधको डिजाइन नै गलत हुँदा तीन बर्षअघिको बाढीले ठूलो क्षति पुर्याएको थियो । उक्त बाँधस्थलमा थप क्षति हुन नदिन हरेक बर्ष बर्खामा पानी पथान्तरण बन्द गरिँदै आएको छ । 

Advertisement

एशियाली विकास बैंक (एडीबी)को ऋण तथा उसको डिजाइनमा बनेको यो आयोजनालाई उसले जम्मा दुई अर्ब मात्रै क्षतिपूर्ति दिएको छ । तर नेपालका इन्जिनियर एवं विज्ञहरुले भने एडीबीको पूरै क्षति मिनाहा हुनुपर्ने बताउँदै आएका छन् । 

खानेपानीमन्त्री प्रदिप यादवले आजदेखि दैनिक १७ करोड लिटर पानी छाडिने बताएका छन् । यसअघि नै पानी पथान्तरण गर्ने भनिए पनि मेलम्चीवासीले केही माग राखेर अवरोध गरेपछि ढिलाई भएको थियो । स्थानीयसँग सहमति भइसकेको भन्दै आज साँझसम्म काठमाडौंका धारामा झर्ने यादवले बताएका छन् । गत असार ११ देखि मेलम्चीको पानी आपूर्ति बन्द गरिएको थियो । 

Advertisement

Advertisement