राष्ट्र बैंकले पेन्सन कोषको ५ अर्ब ३१ करोड ब्याजमा लगानी गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ३१ करोड रुपियाँ निक्षेपको रुपमा बैंकमा राख्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदर सहित प्रस्ताव गर्ने आह्वान गरेको हो । 

जारी सूचना अनुसार २०८१ कात्तिक १३ गतेदेखि आगामी वर्ष २०८२ कात्तिक १२ गतेसम्म कूल ३६६ दिन (एक वर्ष) उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक ४ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 

Advertisement

केन्द्रीय बैंकका अनुसार कूल रकममध्ये ४ अर्ब २४ करोड ८० लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकमा राखिनेछ भने ७९ करोड ६५ लाख रुपैयाँ ख वर्गका विकास बैंकमा र बाँकी २६ करोड ५५ लाख रुपैयाँ ग वर्गका विभिन्न वित्त कम्पनीहरुमा राखिनेछ । 

Advertisement

Advertisement