जयअम्बे स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Advertisement

 

कठमाडौं । जय अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । 

Advertisement

यसैक्रममा साधारण शेयरहरु प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । 

अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यवसायिक समूहहरु मध्ये एक हो, जसको वार्षिक कारोबार ४००० करोड भन्दा बढी रहेको छ । जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । 

श्री शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको अम्बे ग्रुपको स्वामित्वमा रहि २०७६ मा स्थापना भएको यस जय अम्बे स्टील्स लिमिटेडको उत्पादन क्षमता १,००० टन प्रतिदिन रहेको छ । 

‘अम्बे’ ब्रान्ड अन्तर्गत, क्षेत्रको ८०% बजारलाई आपूर्ति गरी यो पश्चिम नेपालको सबैभन्दा ठूलो स्टील उद्योग रहेको यस कम्पनीको उद्योग स्थल बाँके जिल्ला, नेपालगंजमा रहेको र उद्योगले वर्तमान अवस्थामा इन्डक्सन फर्नेसबाट टीएमटी स्टिल, एम.एस बिलेट, एम.एस फ्लाट, एम.एस स्क्यावर, तोरकारी, ग्याबियन बक्स आदि उत्पादन गरिरहेको छ । 

जय अम्बे स्टील्सले ग्राहकको आवश्यकता पूरा गर्न गुणस्तरीय र भरपर्दो निर्माण समाग्री उपलब्ध गराइरहेको छ र यस कम्पनीले नेपालको निर्माण क्षेत्रको सुदृढीकरणमा योगदान पु¥याएको छ । स्टील आयातको आवश्यकतालाई पनि कम गरेको छ । कम्पनीले आफ्नो उत्पादनको विस्तार तथा क्षमता बढाउन पब्लिक डेब्ट मार्केटबाट पुँजी जुटाउने योजना बनाएको छ ।

उक्त सार्वजनिक निष्काशन प्रक्रियाका लागि निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकका आधिकारीक व्यक्तिहरुको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

Advertisement

Advertisement