शेयर बजार दोहोरो अंकले घट्यो, नेप्से फेरि २६ सय अंकबाट तल

Advertisement

काठमाडौं । दुई दिन लगातार बढेर २६ सय अंक माथि पुगेको शेयर बजार आज घटेर फेरि २६ सय अंकबाट ओरालो झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.०७ अंक घटेको हो । ०.९९ प्रतिशतले बजार घट्दा नेप्से २५९७.४९ अंकमा झरेको हो । 

Advertisement

समग्रमा बजार घटे पनि फाइनान्स समूह १.७५ प्रतिशतले बढेको छ । बाँकी समूह राताम्मे भएका छन् । 

undefined

आज ३१० कम्पनीका १ करोड ५१ लख ९९ हजार ७ सय ६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लख ९५ हजार ८ सय ८१.११ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि विभिन्न ३ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतले बढी नाफा कमाएका छन् । थ्रीस्टार हाइड्रो, स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९६र ९.४५ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै वीन नेपाल लघुवित्त र ङादी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १० र ९.२० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ७१ लख ५५ हजार २ सय ६७.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २२.३६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार ३६.९४ रुपियाँ, सोमबार ४४.४५ अंकले बजार उचालिंदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९ सय ३५.१२ रुपियाँ र हिजो मंगलबार ११४.७० अंकले 
 बजार बढ्दा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement